• नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक स्थानमा बिजय हासिल गर्नबाट एमालेलाई कसैले रोक्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै एमालेलाई निर्वाचनमा अत्याधिक बिजय हासिल गर्न कसैले रोक्न नसक्ने बताएका हुन् । अध्यक्ष ओलीले स्यालहरुको मोर्चा कसेर हातीको सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौबैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

    ओलीले अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्ने बताए । उनले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेता कार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।अध्यक्ष ओलीले स्थानीय चुनावलाई मध्यनजर गरी गाउँगाउँमा खटिन कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

4565