• ओलीको विपक्षमा उभिएको सत्तारुढ गठबन्धनभित्र आरोपप्रत्योरोप शुरु भएको छ। विशेष गरी स्थानीय निर्वाचनमा पनि सहकार्य गर्ने विषयमा कांग्रेसका केही नेताले माओवादी र एसमाजवादीलाई चुनावी विषय लिएर तिखो आलोचना गरेपछि गठबन्धनमा खटपट आएको हो ।

    बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुटवलको एक कार्यक्रममा भने, की कांग्रेसले साह्रै हेप्न थाल्यो,कांग्रेसका केही नेताले माओवादी केन्द्रको हुर्मत लिन थाले। अब यस्तै व्यवहार कांग्रेसका केही नेताले दोहो¥याए भने चुनावमा एमालेसंग पनि सहकार्य हुन सक्छ। राजनीतिक सम्भावनाको खेल भएको भन्दै उनले परिस्थिति उल्टो हुन सक्ने चेतावनी दिए । त्यस्तै यता माओवादी केन्द्रका अर्का नेता वर्षमान पुनले कांग्रेसले दादागिरी देखाउन थालेको भन्दै उनले सडकमै पुराइदिने चेतावनी दिए। माओवादीले सडकमा रहेको कांग्रेसलाई सत्तामा पुराएको भन्दै उनले माओवादीलाई हेपे सडकमै पुराइदिने चेतावनी दिएका हुन् ।

    सत्तारुढ गठबन्धभित्रको एक प्रमुख घटक माओवादी कांग्रेससंग चिढिनुको कारण थियो, केही समय अघि कांग्रेस उपसभापति धनराज गुरुङले दाहाल र नेपालको पार्टीलाई चमेरोको संज्ञा दिएका थिए, कांग्रेस हात्ती पार्टी भएको र हात्तीको कानमा चमेरा ओत लागेजस्तै निर्वाचनमा दाहाल र नेपालको पार्टीले ओत खोजेको उनले आरोप लगाएका थिए । यस्तै गगन थापाले पनि गठबन्धनमा चुनावी सहकार्य नहुने जस्ता टिप्पणी गरेका थिए । यद्यपि यी विषयमा प्रधानमन्त्री शेहरबहादुर देउवाले गठबन्धनविरुद्ध नबोल्न आदेश दिए ।

    एमसीसीको विषयले गठबन्धनभित्र खटपट शुरु भएकै थियो, तैपनि व्याख्यात्मक विश्लेषण भन्दै संसदबाट एमसीसी पारित गर्न गठबन्धनभित्रका अधिकांश दल सहमत भए । एमसीसीमा एउटै स्वर भएपछि गठबन्धनभित्र सौहार्द वातावरण हुने आंकलन थियो । तर,एमसीसी पारितपछि कांग्रेसका केही नेताले माओावादी र एसमाजवादीप्रति गरिरहेका टिप्पणी अलि तिखा छन् ।

    २०७४को स्थानीय निर्वाचनमा कांग्रेससंग र संघीय निर्वाचनमा एमालेसंग सहकार्य गरेको थियो,माओवादीले । पछिल्लो समय एमाले, विशेष गरी ओली पक्षसंग माओवादी चिढियो। ओलीको सत्ताच्यूतमा पुष्पकमल दाहालले मूख्य भूमिका खेलेको भन्दै एमाले पनि माओवादीसंग रुष्ट छ, यद्यपि पछिल्लो समय गठबन्धनमै खटपट भएपछि माओवादी एमालेतिर सोझिने संकेत पनि देखिएका छन् ।भलै एमाले अध्यक्ष ओलीले कसैसंग गठबन्धन नहुने प्रतिक्रिया दिएका थिए । भनिन्छ, राजनीति सम्भावनाको खेल हो, यहाँ दलहरु युटर्न हुन कुनै आइतबार भने चाहिदैन।

4565