• ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी छन् । शुक्रबार नेपाल हस्तकला महासंघको ४१ औं वार्षिक साधारण सभामा मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाई मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउनका लागि सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने लक्ष्य लिएको बताइन् ।

    मन्त्री भुसालले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन नेपाली हस्तकलाका बस्तुहरुको निर्यातमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकला व्यवसायीलाई पलायत हुन नदिने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

4565