• काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । प्रमुख शाक्यले पार्टीले टिकट दिए आगामी कार्यकालका लागि पनि आफू फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको उल्लेख गरे । आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख शाक्यले उपप्रमुख र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको जस्तो नभएको बताए ।

    प्रमुख शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो पनि गरे ।

4565