-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रक्षात्मक नभइ आक्रामक भएर निर्वाचनमा जान कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा दाहालले सेटिङ गरेर चुनाव जित्न काँग्रेस र एमाले सिपालु भएकाले आक्रामक हुन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै दाहालले जालझेल र सेटिङमा पार्र्टीलाई विश्वास नभएको बताए । उनले आगामी चुनाव पार्टीका लागि जीवन मरणको सवाल भएको पनि बताए ।
अध्यक्ष दाहालले निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी प्रणाली लागू गर्ने षड्यन्त्र भइरहेको दाबी गरे ।
अध्यक्ष दाहालले केपी ओलीसँगको सहकार्य सम्झिँदा कहिलेकहिँ दिक्क लाग्ने गरेको पनि सुनाए । संसद विघटनसम्म पुग्दा ओली जत्तिको खराब व्यक्तिसँगको सहकार्यप्रति घृणा लागेको उनले सम्झिए ।
आफ्नै खुट्टामा उभिएर आफ्नै तागतका साथ चुनाव जित्ने गरी लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले गठबन्धनबाट आश गरेर आउला र खाउँला भन्ने पक्षमा पार्टी नभएको बताए ।
News Desk 0 response बुधबार, चैत्र २, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





