-
नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले एमालेको एजेण्डा लिएर गाँउ गाँउमा जान सांसदहरुलाई निर्देशन दिएका हुन् ।
बैठकमा ओलीले एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने बताएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ओलीले सांसदहरुलाई आफ्नो हैसियत र मर्यादा नखोजी जनतामाझ जान तथा सरकारको गलत कामको भण्डाफोर र संसद विघटनको विषयमा पार्टीको धारणा स्पष्ट राख्न पनि आग्रह गरेका छन् ।
बैठकले संसद अधिवेशनमा सत्तारुढ गठबन्धनले आफ्नो उद्देश्यमात्र पुरा गरेको र जनताको समस्याका बारेमा छलफल गर्न गठबन्धन र सभामुखले कुनै प्रयास नगरेको निष्कर्ष निकालेको पनि भट्टराईले जानकारी दिए । उनले संसद अधिवेशन अन्त्य गरेर सरकारले प्रधानन्यायधिशमाथिको महाभियोग पास गर्ने नियतले नल्याएको पुष्टि गरेको पनि बताए ।
News Desk 0 response बुधबार, चैत्र २, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





