-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोको रुपमा मात्र प्रयोग गरिएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले मुद्धा लडेर ल्याइएको संसदलाई गठबन्धन दलले निकम्मा बनाएको र भत्ता खानेबाहेक कुनै काम हुन नसकेको बताउनुभएको हो ।
उहाले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर गर्नुभयो । त्यस्तै ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दावी गर्नुभयो । एमालेलाई चूनाव जित्नका लागि जनताबाहेक कसैको आवश्यकता नरहेको उहाको भनाई छ । उहाले एमालेले चूनाव जित्ने भएकालै नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गर्नुभयो ।
वर्तमान सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भएको टिप्पणी गर्दै जनताको अभिमतबाट उखेलेर मिल्काइदिने उहाले बताउनुभयो । त्यस्तै उहाले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरु र सरकारमा रहेको मन्त्रीहरुलाई सत्ताको उन्माद लागेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले यसअघि आफ्नो नेतृत्वको सरकार हुँदा आफुलाई असहयोग गर्न कांग्रेसले आफु निकट कर्मचारीलाई निर्देशन दिएको चर्चा गर्दै अहिलेको सरकारलाई भने पूर्ण रुपमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
News Desk 0 response शनिबार, फाल्गुन २८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३