-
वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित एक कार्यक्रममा मेयर सरावगीसहित ४ जना वडाध्यक्षलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।
गत स्थानीय चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सरावगी मेयरमा निर्वाचित भएका हुन् । व्यापारिक पृष्ठभूमिका सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत बनेका थिए । उनी स्थानीय चुनाव अघि फोरम प्रवेश गरेका थिए । पार्टी प्रवेशलगत्तै उनले मेयरको टिकट पाएका थिए ।
पछिल्लो समय जनता समाजवादी पार्टी(जसपा)मा रहेका सरावगीले पार्टीले असहयोग गरेको बताउँदै आएका थिए । एमाले प्रवेश गर्दै प्रमुख सरावगीले जनता समाजवादी पार्टीले अहिले पनि जातिवादकै राजनीति गरिरहेको आरोप लगाए । एमाले अध्यक्ष ओलीसँग आफू सुरुदेखि नै प्रभावित भएको भन्दै प्रमुख सरावगीले ओलीकै नेतृत्वमा मुलुकले नयाँ काँचुली फेर्ने दाबीसमेत गरे ।
News Desk 0 response शनिबार, फाल्गुन २८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३