-
पछिल्लो समय रसिया युक्रेनको युद्धको बहानामा नेपालमा खाने तेलको मूल्य अचाक्लि बढेको छ। खानेतेलको मूल्य गत महिनाको तुलनामा यस महिनामा १५ प्रतिशतले बढेको छ । खाने तेलको मूल्यमा बढेको मूल्यले विपन्न र गरिब परिवार सबै भन्दा मारमा परेका छन् ।
यतिबेला नेपाली बजारमा दैनिक चुल्होमा नभइ नहुने उपभोग्य वस्तु खाने तेलको मूल्य आकाशिएको छ। रुस युक्रेन युद्धको बहानामा यति धेरै मूल्य बढाइएको छकी, जहाँ विपन्न र गरिब परिवारले खरिद गरी उपभोग गर्न नसक्ने अवस्था छ। बजारमा खानेतेलको मूल्य १५ प्रतिशतले अस्वभाविकरुपले बढेको छ। गएको माघ महिनाको तुलनामा यस फाल्गुन महिनामा अत्याधिक मूल्य बढेको हो ।
गएको माघ महिनाको भन्दा यस फाल्गुन महिनामा भटमासको तेल प्रतिलिटर ३५ रुपैँयाले बढेको छ । त्यस्तै सन्फ्लावरको तेल ३० रुपैँयाले, तोरीको तेल ४० रुपैयाले वृद्धि भएको छ। यस विषयमा उपभोक्ता अधिकारकर्मीहरुले सरकार गैर जिम्मेवार भएको बताएका छन् , उपभोक्ता अधिकारकर्मी माधव तिम्सिना भन्छन् , बजारमा कृतिम अभाव सिर्जना गरेर अस्वभाविक मूल्य बढाएपनि सरकार भने मौन छ।
रुस–युक्रेन विवादलाई बहाना बनाएर उपभोग्य वस्तु लुकाउने तथा अस्वाभाविक मूल्यमा बिक्री गर्ने विक्रेतालाई कारबाही समेत गरेको भन्दै वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले हलुका जवाफ दिन्छ, विभाग भन्छ, इन्धनको मूल्य बढेकोले तेलको मूल्य बढेको हो , बजारको अनुगमन गर्ने निकाय विभाग नै सम्बन्धित व्यवसायीमथि निगरानी बढाउनुको साटो उल्टै संरक्षण गर्ने गरेको छ।
बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्नु सामान्य जस्तै बनाइएको छ। यसरी अस्वभाविक मूल्य बढेपनि अनुगमन गर्ने निकाय नै गैरजिम्मेवारी बन्दा उपभोक्ताले चरम मार खानुपरेको हो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





