• नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि पुगेको छ । आइतबार एकैदिन तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९ सय रूपैयाँमा कारोबार भएको छ ।

    तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४ सय रूपैयाँमा खरिद बिक्री भएको छ । चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भएको छ । गत साता ९६ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आईतबार ५३ सय बढेर १ लाख १ हजार ९ सय पुगेको हो । पछिल्लो समय रूस र युक्रेनबीच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको छ ।

    यसैबीच, राष्ट्रबैंकले आजदेखि लागू हुने गरी सुनको आयात कोटा घटाएको छ । अब प्रतिदिन १० केजी सुन मात्रै आयात हुने भएको छ । यसअघि प्रतिदिन २० केजीसम्म आयात गर्न पाइने प्रावधान रहेको थियो ।

4565