• मधेश प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा सुरु भएको छ ।
    गण्डकी प्रदेशको राजधानी पोखरा र मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित १८ सदस्यीय टोली मधेश प्रदेशको भ्रमणमा जनकपुर पुगेका हुन् ।

    दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएपछि प्रदेशबीचको प्रर्यटन प्रवद्र्धनका लागि सदैव सहकार्य गरिने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखेरले बताए ।

    मुख्यमन्त्री नेपालीको भ्रमण टोलीमा अर्थमन्त्री रामजी प्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेल लगाएत छन् ।

4565