• नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा वृद्धि गरेको छ । दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले भाडा वृद्धि गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४० रुपैयाँसम्म वृद्धि भएको छ ।

    काठमाडौ–भद्रपुर ३००, काठमाडौ–विराटनगर २४०, काठमाडौं–धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ ।नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ। निगमले १२६ बाट १३६ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो।

4565