• रुस युक्रेन युद्धमा नेपालले जे बोल्यो, त्यो विषयका कारण सरकारले आलोचना खेप्यो,यस विषयमा नेपालका छिमेकी शक्ति राष्ट्र भारत र चीन युक्रेन विषयमा मौन रहँदा नेपाल युक्रेन पक्षमा उभियो । युद्धरत पक्ष र विपक्षमा उभिनु नेपाल नीति विपरित भएको भन्दै सरकारको आलोचना भएको हो ।


    प्रारम्भदेखि नेपाल संलग्न रहेका तीन बहुपक्षीय संस्था हुन् :संयुक्त राष्ट्र संघ ,असंलग्न आन्दोलन र सार्क । यी तीनै बहुपक्षीय संस्थाका सिद्धान्त नै हाम्रो परराष्ट्र नीतिको अंग बनेकोे छ। तर, युक्रेन रुस युद्धमा नेपालले पक्षधरता देखायो, युक्रेन पक्षमा बोल्नु अपरिपक्क कूटनीति भन्दै सरकारको आलोचना भयो ।


    असंलग्न आन्दोलन नीतिको नेपाल पक्ष राष्ट्र हो । जहाँ शीत युद्धको बेला कुनैपनि पक्षमा नेपाल रहेन । नेटो र वार्सा प्याक्टको पक्षमा नलाग्नु नै नेपाल नीति थियो र हो पनि । किनकी अनाक्रमणको नीति अन्तर्गत नेपालले सन १९५६ मा रुसबाट हंगेरीमा गरिएको हस्तक्षेपको विरोध गरेको थियो ।


    त्यस्तै नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रको रुपमा रहेको छ, जसको चार्टर र पञ्चशीललाई नेपालले आत्मसाथ गरेको छ। जसमा एक आपसको आन्तरिक मामलामा अहस्तक्षेप, एक आपसको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान,अनाक्रमण, समानता र पारस्परिक सहअस्तित्व पर्छन् । यो हाम्रो परराष्ट्र नीतिको आधार हो ।


    त्यस्तै सार्क अन्तर्गत नेपालले क्षेत्रीय सहयोगको नीति स्वीकार गरेको छ , सार्क क्षेत्रीय साझा उदेश्य लक्ष्य,पारस्परिक सहयोग र सहअस्तित्वको साझा थलो हो । जहाँ सबै सदस्य राष्ट्रहरु समान मात्रै होइन, एकले अर्काे सुरक्षा र विकासमा पारस्परिक सहयोग राख्दछन् , यद्यपि पछिल्लो समय सार्कलाई निष्कृय बनाइएको छ।,यी तीन सिद्धान्तको मर्म र भावनलाई योग गर्दा प्रष्ट हुन्छकी, नेपाल कुनैपनि सैन्यवाद, उपनिवेशवाद र सबै खाले हस्तक्षेपको विपक्षमा प्रष्ट छ ।


    यसर्थ,पछिल्लो समय युक्रेन रुस युद्धमा विश्वका शक्ति राष्ट्रहरु ध्रुविकृत भएका छन् ।जसबाट तेश्रो विश्वयुद्धको अशुभ संकेत देखिन थालेको छ। यस्तो बेलामा विश्व शान्ति र सहअस्तित्वको लागि आफ्नै नीतिको मर्म र भावनामै रहेर नेपालले कूटनीतिक कला दर्शाउनु नै बुद्धिमानी हुन सक्छ ।

4565