• नवलपरासीको कावासोतीमा मृत अवस्थामा गैंडा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर लामिचौरमा पर्ने कावासोती नगरपालिका– १० मा रहेको कृष्णसार मध्यवर्ती सामुदायीक वनमा पोथी गैंडा मृत फेला परेको हो ।

    सामुदायिक वनको बेल घारी सोरहामा विहिबार निउरो टिपन गएका स्थानियहरुले मृत गैंडा देखे पछि वनका अध्यक्षलाई खबर गरेका थिए । निकुञ्ज प्रशासनका प्राविधिक टोलद्धारा मुचुल्का उठाई गैंडा गाढीएको छ ।

    लौखनी रेञ्जर पोष्टका रेन्जर राम कुवरका अनुसार २ हप्ता पहिलेनै गैंडाको मृत्यु भएको हुदा शरिरको धेरै भाग सढेको छ । खाग र १० वटा खुर सुरक्षित रहेको छ । गैंडाको २ वटा खुर भएने जंगली जनावरले खाएको आसंङ्का गरिएको छ ।करिव २८ वर्षको पोथी गैंडा काल गतिका कारण मृत्यु भएको प्राविधीक टोलीले जनाएको हो ।

4565