• ब्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित गर्ने सहमति गरेका शक्ता गठकन्ध कै नेताहरुले संसदमा भने एमसीसीको खुलेरै बिरोध गरेका छन । नेताहरुको प्रस्तुतिले दैचिउरे ब्यवहार फेरी छरपष्ट भएको छ ।

    प्रतिनिधि सभामा एमसीसीबारे पारित गर्ने सहमति गरेकै दल नेकपा एकिकृत समाजबादी सांसद झलनाथ खनालले भने एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाए । उनले सम्झौताको सम्पूर्ण बुँदामाथि सार्वभौम संसद्मा छलफल गर्ने वातावरण नबनाईनु आपत्तिजनक रहेको बताए ।

    निरन्तर संसद बहिस्कार गरिरहेको नेकपा एमालेका सांसद भीम रावलले आफ्नो पार्टीको बहिस्कारको निर्णयको बेबास्ता गर्दै एमसीसीका बिरोधमा आक्रोष ब्यक्त गरे । नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने हुनाले एमसीसी संसद्‍मा पेस गर्नु नै देशको अपमान भएको रावलको भनाई थियो ।

    एमसीसीसीको कडा बिरोध गर्दै आएका नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ भने संसदमा अघिल्ला दिन भन्दा नरम देखिए । उनले एमसीसीलाई आर्थिक सहायता परियोजनाको रुपमा मात्रै लिनुपर्ने बताए । नेपाल सरकारका कुनै पनि अङ्गहरूलाई प्रभावित नहुने गरी सम्झौताको कार्यान्वयन गर्नुपर्ने सुझाव समेत उने दिए ।

    एमसीसीको समर्थनमा उभिदै आएको जनता समाजबादी पार्टीका सांसद डा.बाबुराम भट्टराईले एमसीसीलाई बाँदरको घाउ जस्तै बनाइएको टिप्पणी गरे । उनले एमसीसी अलि अप्रिय भएपनि स्वीकार गर्नै पर्ने बताए ।

    लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालमा आर्थिक वृद्धिदर र गरिबी कम गर्ने उद्देश्य लिएर अनुदान आएकाले आफ्नो पार्टी एमसीसीको पक्षमा रहेको बताए ।

    राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौता शैन्य रणनीति र चीनलाई घेर्ने योजनामा ल्याइएको दाबी गरिन् ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीबारे राष्ट्रिय सहमति कायम गरेर टुगों लगाउनु पर्ने बताए । हो–हल्लाको बीच प्राविधिक प्रक्रिया मात्रै पूरा गर्नु गलत भएको उनको भनाई थियो ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौताका सन्दर्भमा सत्तारुढ गठबन्धनले तयार पारेको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगर्ने दावी गरे । संसदमा बोल्ने अधिकाशं सासंदले पार्टीको निर्णय भन्दा पनि फरक मत सहित अभिब्यक्ति दिएका थिए ।

4565