• एमसीसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा आइतबार पनि नयाँ बानेश्वर क्षेत्र तनाव ग्रस्त बन्यो । प्रदर्शनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि झपड भएको हो । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा छाडेको थियो ।

    झडपका क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । संसद्मा एमसीसी टेबल भएदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनलाई साना आठ बाम घटक, राप्रपा र नेकपा माओवादीका भ्रातृ संगठनले आइतबार पनि निरन्तरता दिएका हुन् ।

4565