-
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनु जरुरी रहेको बताएकिछिन ।
शीतल निवासमा मंगलबार बसेको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यलाई निरन्तरता दिनु जरुरी रहेको बताएकिहुन ।
कोभिड–१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावबारे सवै जानकारी रहेको भन्दै उनले यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदान ठूलो रहेको पनि बताइन् ।

शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तन जस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई उनले आग्रह गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जानकारी दिए । आफ्नो बंगलादेश भ्रमण बारेमा पनि राष्ट्रपतिले जानकारी गराएको केसीले बताए ।
बैठकमा देशको समसामयिक बिषयमा पनि केही नेताहरुले कुरा उठाएको अध्यक्ष केसीले बताए ।राष्ट्रपति भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ । बैठकमा संसदमा रहेका सबै दल र पूर्व प्रधानमन्त्रीहरूलाई बोलाइएपनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,झलनाथ खनाल र बाबुराम भट्टराइको भने उपस्थिती रहेको थिएन । हाल संसदमा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





