-
प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको दुवै पार्टीका नेताहरुको बैठकमा कांग्रेस नेताहरुले प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव गरेका थिए भने एमालेले संसदमा आफूहरु उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको भएको जवाफ दिएको थियो ।
कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सदनको अवरोध हटाउन र एमसीसी पास गर्नका लागि प्रस्ताव गरेको तर एमालेले स्वीकार नगरेको जानकारी दिए । प्रतिनिधिसभाको ढोका नखोजेको र यसको जिम्मेवारी सरकारको भएको जवाफ एमालेबाट आएको उनले बताए । उनले संसद सूचारु हुने र एमसीसी पारित हुने विश्वास व्यक्त गरे ।
त्यस्तै एमाले महासचिव शंकर पोखरेलले संसदभित्र सभामुखको भूमिकालाई लिएर एमालेले राखेको माग सुनुवाई नभएसम्म अन्य प्रक्रियामा एमालेको सहभागीता नहुने बताए । उनले एमसीसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने बताए । उनले सरकारले र सत्ता गठबन्धनको धारणा नआएसम्म प्रतिपक्षको धारणाको अर्थ नहुने बताए ।दुबै दलका नेताहरुले सहमतिको प्रयास स्वरुप छलफललाई निरन्तरता दिने जनाएका छन् ।
News Desk 0 response शनिबार, फाल्गुन १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





