• नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ । एमसीसी संसदबाट अनुमोदनका लागि सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरु शुक्रबार राति बालकोट पुगेका थिए ।

    दुई घण्टाभन्दा बढी भएको छलफलमा एमालेले १४ सांसदलाई कारबाही गर्नुपर्ने पुरानै अडान दोहो¥याएपछि कुनै ठोस सहमति जुट्न नसकेको बताइएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले कांग्रेस र एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एकै ठाउँमा रहनुपर्नेमा जोड दिएको बताए ।

    एमालेका एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरे पनि कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएको जानकारी दिए । उनले सत्तासमीकरणका बारेमा आफ्नो पार्टीको रुची नभएकाले कुनै छलफल नभएको बताए ।

4565