-
धरान उपमहानगरपालिका ८ सुन्ददरबस्तीमा बसपार्क निर्माणको काम शुरु भएको छ। २० बर्ष अघि धरानको बस पार्क साघुरो भएको भन्दै यस सुन्दरबस्तीमा बस पार्क सार्ने योजना थियो । विवादका कारण लामो समयसम्म निर्माणको काम अघि बढ्न सकेको थिएन, तर, पछिल्लो समय विवाद समाधान भएपछि निर्माण प्रक्रिया अघि बढेको छ।
यो हो धरान उपमहानगरपालिका ८ सुन्दरबस्ती, जहाँ बसपार्क निर्माणको काम थालीन भएको छ। बीस वर्ष अघि बसपार्क निर्माण गर्ने प्रक्रिया अघि बढाएपनि विवादले निर्माण भएको थिएन । राजनैतिक खिचातानीसंगै लामो समयसम्म उपमहानगरपालिका जनप्रतिनिधिविहीन बन्दा यो काम थाति रहेको थियो । तर, ०७४ को स्थानीय चुनावमा धरानको बसपार्क मुख्य एजेन्डा बन्यो, स्थानीय सरकारको प्राथमिकतामा परेपनि विवादको उल्झन यथावत नै रह्यो । तर, पछिल्लो समय धरान उपमहानगरपालिका उपप्रमुखको संयोजकत्वमा विवाद समाधान भएपछि निर्माणको प्रक्रिया अघि बढेको नगरप्रमुख तिलक राइले बताए ।
बस पार्क निर्माणका लागि गिताञ्जली जेबीले ठेक्का लिएको छ । प्रदेस सरकारको ३० करोड लागतमा निर्माण शुरु भएको छ , बसपार्कमा टिकट काउन्टर, वेटिङ भवन, बस पार्कभित्रै मिनी मार्केट लगायतका संरचना बन्नेछन् । टर्मिलनल भवनमा वेसमेन्ट पार्किङ बनाउने योजना अनुरुप अहिले पिल्लर उठाउने काम भएको र हालसम्म ४ करोड खर्च भसकेको पालिकाले बताएको छ।
टर्मिनल भवनमा सानोतिनो सपिङ, वेटिड स्थल, लजिड फुटिडको राम्रो व्यवस्था लगायत एयरपोर्ट मोडलजको बन्ने योजना छ । ३४ कट्टा जग्गामध्ये ३० कट्ठा जग्गामा बसपार्क र बाकी ४ कट्ठामा सिटी बसको स्थान राखिएको जनाइको छ । ०७८ असारमा ठेकेदार कम्पनीसंग सम्झौता गरे अनुरुप तीन बर्षभित्रमा सकिने लक्ष्य छ ।लामो समयदेखि धरान ८ सुन्दर बस्तीमा बन्न लागेको बसपार्क विगतमा हरेक राजनीति दलको घोषणापत्रमा प्राथमिकतामा राखिएको थियो । तर, राजनीतिक खिचातानीका कारण बसपार्क बन्न सकेको थिएन । अहिले डिपिआर निर्माण भई ठेक्का सम्झौता भई काम समेत शुरु भइसकेको छ । अब भने बर्षौदेखि समस्या समाधान होलाकी भन्ने आशा नगरबासीको छ।
News Desk 0 response शुक्रबार, फाल्गुन १३, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३