• नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तामा रहेका दलहरुले दोहोरो चरित्र देखाएकोमा आक्रोश व्यक्त गरेका छन् । शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले एमसीसी ल्याई पाउँ भनेर निवेदन दिनेहरु त्यसको विरोधमा उत्रिएको भन्दै आक्रोश पोखेका हुन् । उनले चिनियाँ कथाको उदाहरण दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पुतली कि मान्छे भनेर छुट्याउन नसकिएको आरोपसमेत लगाए ।

    एमाले जसलाई जतिबेला चाहियो त्यतिबेला फोरेर काम चलाउने खुत्रुके जस्तो नभएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमसीसी पास गर्न सरकारसँगै पर्याप्त मत रहेको बताए ।अध्यक्ष ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गठबठन्धन नटुट्ने दाबी समेत गरे ।

4565