• संसदको अवरोध खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेस र प्रतिपक्ष एमालेले छलफल सुरु गरेका छन । बिहीबार भएको प्रारम्भिक चरणको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन । संसदलाई सुचारु गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेतासँग छलफल गरेको

    सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । भेटवार्ता पछि एमसीसीलाई संसदमा गहन रुपले छलफल गरी निष्कर्षमा पु¥याउने वातावरण तयार हुने कांग्रेस नेताहरुको भनाइ छ ।

    नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले गठबन्धन अगाडी बढ्न नसकेको अवस्थामा कसरी अगाडी बढ्ने भन्ने विषयमा दुई दलविच कुराकानी भएको बताए ।

    देश र जनताको विरुद्धमा एमाले नलाग्ने सचेतक भट्टराईको भनाइ छ । गठबन्धन तोडने र सभामुख अग्नि सापकोटालाई हटाउन सहयोग गर्ने प्रतिबद्धता कांग्रेसले जनाए एमसीसीमा सहयोग गर्ने एमाले नेताहरुको भनाइ छ ।

4565