• अर्थमन्त्री जनार्दन शर्माले एमसीसी पारित गर्न राष्ट्रिय सहमति जुटाउनैपर्ने बताएका छन् । बिहीवार पर्वत उद्योग वाणिज्य संघको ३९ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले एमसीसी अहिले राष्ट्रिय मुद्दा बनेको र राष्ट्रिय सहमति कायम गरेर मात्रै पारित गर्नुपर्ने धारणा राखेका हुन् ।

    अर्थमन्त्री शर्माले एमसीसीलाई लिएर दल, समाज र राष्ट्र नै विभाजित भएको भन्दै राष्ट्रिय सहमति जुटाएर पारित नगराए मुलुक ठूलो धुर्वीकरणमा फस्ने चेतावनी समेत दिए ।

    मन्त्री शर्माले राष्ट्र हित र स्वाधिनतालाई केन्द्रमा राखेर एमसीसी कार्यान्वयमा आउने दाबीसमेत गरे । एमसीसीलाई जबरजस्ती पारित गराउन खोजिएकोमा भने उनको आपत्ति थियो ।

4565