• नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको दाबी गर्दै आगामी निर्वाचनबाट सरकारमा आउने दावी गरे । आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताए ।

    अध्यक्ष ओलीले आफ्नो बाँकि जिन्दगी सम्पूर्ण रुपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता पनि दोहो¥याए ।त्यस अवसरमा उनले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गरे । देश र जनताको हितका विरुद्ध, जनताको खुशीका विरुद्ध कुनै पनि काम नगर्ने बताउँदै उनले बाँकि जिन्दगी ी देश र जनताप्रति समर्पित गर्ने बताए ।

    कार्यक्रममा ओलीले विभिन्न अवसरमा व्यक्त गरेका विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

4565