• महाशिवरात्री पर्व भब्यताका साथ मनाउन तयारी तिब्र पारिएको छ । शिवरात्रीलाई भब्यरुपले मनाउने योजनाका साथ पशुपति विकास कोषले तयारी थालेको हो । तयारीका क्रममा रङरोगन, बत्ती व्यवस्था, सुरक्षालगायत कार्यहरु तिव्ररुपमा भइरहेको छ ।

    पशुपति बिकास कोषले मंगलबार पत्रकार सम्मेलन गर्दै पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा मुल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन गरेको जानकारी दिएको छ । पशुपति विकास कोष अन्तर्गत आवास तथा भोजन,मेला व्यवस्थापन,प्रचारप्रसार,बत्ती व्यवस्थापन,प्राथमिक स्वास्थ्य जस्ता उपसमिति गठन गरिएको हो । यस वर्षको शिवरात्रीमा कोषले सवा करोड खर्च लाग्ने र १० लाख भन्दा बढी भक्तजनले पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

    महाशिबरात्रिमा डिजिटल बत्तिको र साधु, सन्तहरुको भोजन तथा आवासको ब्यबस्था पनि गरिने छ । पर्वका दिन मदिरा तथा लागुपद्धार्थ मुक्त क्षेत्र बनाउनका लागि विशेष निगरानी र कडाइ गरिने पनि कोषले जनाएको छ । कोषले कोरोना महामारी अझै केही बाकीँ रहेकाले दर्शन गर्न आउने दर्शनाथीलाई स्वास्थ्थ मापदण्ड अपनाउन समेत आग्रह गरेको छ ।

    पशुपति क्षेत्रमा महाशिवरात्री नजिकिएसँगै भक्तजन र साधुसन्तको चहलपहलसमेत बढेको छ । कोरोना महामारीका कारण लामो समय बन्द रहेको पशुपति खुला भएसँगै भक्तजनहरु शिवरात्रीमा मन्दिर दर्शन गर्न पाउने भएका छन् । त्यसैगरी पशुपति क्षेत्रमा रहेका पुजासामाग्री व्यवसायीहरु महाशिवरात्री पर्वका सजावटमा जुटेका छन् ।

4565