• सरकारले एमसीसी संसदमा पेश गरेको बिरोधमा सडक प्रर्दशन उग्र भएको छ । सत्तागठबन्धन दलकै भातृसंगठनहरु पनि सडकमा उत्रिएका छन् । विभिन्न राजनीतिक दल र अभियन्ताहरुको प्रर्दशन नियन्त्रण गर्न प्रहरीले रबरका गोलि समेत प्रहार गरेको छ ।

    एमसीसी बिरुद्ध प्रर्दशन उग्र भएपछि प्रहरीले रबरको गोली चलाएको छ । बानेश्वर र बबरमहल क्षेत्रमा भएको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । सो क्रमा केही प्रदर्शनकारी घाईते भएको छन । विरोधका क्रममा विजुलीबजारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बन्यो ।

    एमसीसी बिरुद्धको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बिच झडप समेत भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौ शेल अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो ।एमसीसीको विरुद्ध कांग्रेस बाहेकका शक्ता पक्षिय दल निकट भ्रातृ संगठन, साना दल र अभियन्ताहरु सडकमा उत्रिएको थिए । ।

    प्रदर्शनकारीले नाराबाजी गर्दै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । उनीहरुले संसदभवनको चारैतिर नाराबाजी गरेका थिए । एमसीसी परियोजनाका प्रावधानहरु राष्ट्रहित विपरित रहेकोले कुनैपनि हालतमा पास हुन नहुने उनीहरुको भनाई छ ।
    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद बैठकबाट अनुमोदन गराउने प्रयास गरेपछि त्यसविरुद्ध आन्दोलन चर्किंदै आएको छ ।

4565