• प्रर्दशनलाई मर्यादित र संयम बनाउने प्रदर्शनकारीको दायित्व हो,भने प्रहरीले प्रदर्शनलाई संयम तरिकारले नियन्त्रणमा लिने हो । तर, पछिल्ला प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि गरेको ज्यादती प्रहरीको साथी होइन, ज्यादतीको पर्याय नै बन्यो ।

    प्रहरी मेरो साथी, समुदायसंग प्रहरी, यी यस्ता नारा हुन् प्रहरीका। तर, राजधानीको नयाँ बानेश्वरमा एमसीसी प्रदर्शनमा प्रहरी साथी बनेन, बरु ग¥यो,ज्यादती । सम्भावित हिंसालाई नियन्त्रण गर्नु उसकको दायित्व भएको बिमति त रहेन। तर, नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीको ज्यादती निकै क्रूर देखियो । प्रदर्शन नियन्त्रण गर्ने नाउँमा प्रहरीले गरेको ज्यादतीमा यतिधेरै क्रुरता देखायोकी, जसले प्रत्यक्ष देख्नेहरुकै मुटु नै काँप्यो, लाठी खानेहरुले कति धेरै पीडा भोगे होलान् । आफ्नै साथी भनिएको प्रहरीबाट भएको बर्बंरतापूर्ण व्यवहारले प्रहरीप्रति विश्वास होइन, आक्रोश थपियो । प्रहरीको काम भीडलाई तितरवितर पारी सम्भावित क्षतिलाई रोक्नु हो। तर, नियन्त्रणमा लिएका व्यक्तिमाथिको यो हदसम्मको बर्बर यातना कदापि प्रहरीको दायित्व र अधिकार कसरी होला र ? ।


    गएको बुधबारदेखि आइतबारसम्म नयाँ बानेश्वरमा एमसीसी विरुाद्ध प्रदर्शन भयो । कुनैपनि मुद्दामा सहमत नभएपछि विरोध गर्न पाउनु नागरिको अधिकार हो । एमसीसीप्रति असहमत राखेर भएको प्रदर्शनमा भएको ज्यादती प्रहरीको नीति बाहिर थियो । हुन त प्रहरीमाथि ढुंगा हानेकोले प्रहरीले लाठी हिर्काएको हो उनीहरुलाई । तर, प्रहरीको दायित्व नियन्त्रणमा लिइएकामाथि यो तहको बर्बरता गर्न भने पक्कै होइन। विडम्बना, बुधबारदेखि आइतबारसम्म नयाँ बानेश्वरको प्रदर्शनमा प्रहरी साथी बनेन् । बरु प्रदर्शनको क्रममा ढुंगा हानको प्रतिशोध नै लियो । प्रहरी व्यक्ति होइन, कानुन हो । कानुनको अर्थ व्यक्तिमाथि प्रतिशोधपूर्ण व्यवहार हुनु कदापि शोभनीय हुन सक्दैन । यसर्थ प्रहरीले आफ्नो गरिमा र नागरिक भरोसा जोगाइराख्न यस्ता प्रतिशोधपूर्ण ज्यादतीको गम्भीर समीक्षा गरोस् ।

4565