-
चंखेली गाउँपालिका वडा ४ को तल्लो पाली गाउँकी २५ वर्षीया लालकला बोहराले बच्चा जन्माउन नसकेपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । बच्चा जन्माउन नसकेर प्रशव व्यथाले च्यापेकी लाकलाको चार दिनपछि फागुन ७ गते उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
गत फागुन ४ गतेदेखि व्यथा लागे पनि सुत्केरी हुन नसकेपछि शनिबार बिहान बोहरालाई स्वास्थ्य चौकी ल्याइएको थियो । तर अवस्था जटिल भएपछि शनिबार हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए । चंखेली गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेलिकोप्टर झिकाइएको थियो । व्यथा लागेर शिशुको हात बाहिर निस्केको अवस्थामा बोहराको हवाई उद्धार गरिएको छ ।
बोहराका श्रीमान गोर्ख बोहराले सरकारी प्रयासले मात्रै हवाई उद्धार सम्भव भएको जानकारी दिए । उनले श्रीमतीको सल्याक्रिया मार्फत सुत्केरी गराइएको बताए । बोहराले भने शिशुलाई बचाउन नसकिए पनि आमाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
श्रीमान गोर्खले हवाई उद्धार गरेर श्रीमतिको ज्यान जोगाउन सहयोग गर्ने सरकारी निकाय र पदाधिकारीहरुप्रति आभार भने व्यक्त गरेका थिए ।यस्तै चारदिन अगाडि खार्पुनाथ गाउँपालिका वडा २ को थाली गाउँकी सुत्केरीपछि सुन्निएर स्वासप्रस्वासमा समस्या आएको जानसा रावलको पनि हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।
एक हप्तामा दुई जना महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लामा प्रयाप्त श्रोतसाधन नहुँदा यहाँका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलाको उद्धार महिला बालबालिका तथा जेष्ठ नागकरी मन्त्रनलयले नेपाली सेनाको हेलिकोप्टर मार्फत निशुल्क उद्धार गर्दै आएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन ७, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३