-
भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज पानी जहाजमा आगो लागेको छ । जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ ।
जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट जहाजलाई तान्ने शक्तिशाली डुंगा र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको बताइएको छ । ‘युरोफेरी ओलम्पियाका क्याप्टेनले डुंगा छोड्न भनेका छन,’ प्रहरीले जनाएको छ ।
क्षतिबारे विवरण सार्वजनिक भएको छैन् । आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ६, २०७८
एजेन्सी
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३