• सत्ता गठबन्धनका शीर्ष नेताहरूको आजको बैठकपनि निस्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहमति जुटन नसकेको हो । एमसीसी सम्झौता अघि बढाउन सहमति जुटाउने प्रयासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक सहमतिमा पुग्न नसकेको हो । सहमति प्रयासका लागि आइतबार पुन छलफल हुने बैठकपछि नेताहरुले बताए ।

    प्रधानमन्त्री देउवा र कांग्रेस एमसीसी सम्झौता संसदबाटै अनुमोदन हुनुपर्ने पक्षमा छन् । कांग्रेसको संसदीय दलले निर्णयअनुसार नै एमसीसी संसद बैठकमा टेबुल हुनुपर्नेमा प्रधानमन्त्री अडिग छन् । सत्ता गठबन्धनका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा भने संसोधन विना विधयेक अघि बढाउनु नहुने पक्षमा छन ।

4565