-
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट जसरी पनि अनुमोदन गराउने कोसिसमा लागेपछि त्यसविरुद्ध आन्दोलन चर्किंदै गएको छ । सत्तागठबन्धन दलकै भातृसंगठनहरु पनि सडकमा उत्रिएका छन् । शुक्रबार पनि विभिन्न राजनीतिक दल र अभियन्ताहरुले काठमाडौँको नयाँ वानेश्वरमा सशक्त विरोध प्रदर्शन गरे ।
एमसीसीको विरुद्धमा आन्दोलनरत छ दलीय मोर्चा, नेपाल पजदुर किसान पार्टी र सत्तारुढ नेकपा माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनहरुले शुक्रबार पनि काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले विरारोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले नाराबाजी गर्दै निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । प्रदर्शनकारीले संसदभवनको चारैतिर धर्ना दिएका थिए ।
सरकारले एमसीसी संसदमा पेश गर्ने तयारी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । एमसीसी परियोजनाका प्रावधानहरु राष्ट्रहित विपरित रहेकोले कुनैपनि हालतमा पास हुन नहुने उनीहरुले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद बैठकबाट जसरी पनि अनुमोदन गराउने कोसिस गरेपछि त्यसविरुद्ध आन्दोलन चर्किंदै आएको छ । यथायिस्थीतिमा एमसीसी पास गर्न नहुनेको संख्या बढीरहदा टेबल गर्न खोजे शशक्त प्रतिवादमा उत्रने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
News Desk 0 response शुक्रबार, फाल्गुन ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





