• सरकारले दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २ हजार ३ सय वटा विद्यालयमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।

    शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले ३ वर्षभित्र देशभरका सबै विद्यालयमा ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे ।उनले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि सम्बन्धित निकायलाई सचेत भएर काम गर्न निर्देशन पनि दिए ।

    मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिनका लागि १८ हजार शिक्षकहरुको नयाँ दरबन्दी व्यवस्था गरिएको बताए ।

4565