• फुटबलर हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि खड्काले पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

    खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर २०५५ कात्तिक एक गते प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी थियो ।

4565