-
प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्र्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । पुर्वखानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।
शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरु डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराउनुभएको थियो । अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाईएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३