• यसस वर्ष पर्वतको फलेवास नगर क्षेत्रमा सुन्तला उत्पादनमा कमी आएको छ । समय समयमा आवश्यक काँटछाँट तथा रोग किराको उपचारको अभावका कारण सुन्तला उत्पादनमा कमी आएको हो ।

    वर्षा बढी भएका कारण फुल झार्ने तथा चिस्यान भएका कारण बोटका ढुसी लाग्ने समस्याका कारण उत्पादनमा कमी आएको किसानहरुले बताएका हुन । विगत वर्षम उत्पादन राम्रो हुँदा सडकका कारण विक्रिमा समस्या हुने गरेको यस क्षेत्रमा सडकको पहुँच पुगेसँगै सुन्तला किन्न व्यापारी गाउँमै पुगे पनि सुन्तलको अभाव भएको हो । विगतका वर्षमा एउटै वडाबाट एक करोड बराबरको सुन्तला विक्रि भएकोमा यस वर्ष धेरै घटेको स्थानीयको भनाइ छ ।

    ८० हेक्टर क्षेत्रफल सुन्तला उत्पादन फलेवास क्षेत्रमा क्षेत्र विस्तार गरेर एक सय २० हेक्टर पु¥याएको भएपनि उत्पादनमा कमी आएको हो । चालु वर्षमा ३ सय ३६ मेट्रिक टन सुन्तला निर्यात भएको फलेवास कृषि शाखाले जनाएको छ । जुन अघिल्लो वर्ष भन्दा २५ प्रतिशत कमी भएको प्ररम्भीक अनुमान गरिएको छ ।

    रोग किराको समस्या समाधानको लागि कृषि ज्ञान केन्द्रसँग सहकार्य गरेर कार्यक्रम बनाउने तयारीमा रहेको नगरपालिकाले जनाएको हो । ११ वडा रहेको नगरमा सबै जसो वडामा सुन्तला खेती गर्न सकीने भएपनि उच्च पहाडी भेगमाबढी मात्रमा सुन्तला खेती गरीएको हो । फलेवास क्षेत्रमा कुर्घा पाङराङ, थापाथाना , भगारा,शंकरपोखरी लगायतका क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ ।

4565