• मधेश प्रदेश सरकारले चार वर्षको प्रमुख उपलब्धीहरु सार्वजनिक गरेको छ । मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलन मुख्यमन्त्री लालबाबु राउतले चार वर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले चार वर्षमा प्रदेशसभाबाट ४३ वटा कानून र प्रदेशको नामकरण तथा स्थायी राजधानी पारित गर्न सक्नु मुख्य उपलब्धि रहेको बताए ।

    उनले विगत चार बर्षमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका वैदेशिक उच्च स्तरका भ्रमणहरु सफलतापूर्वक सम्पन्न भएकोमा मुख्यमन्त्री राउतले उपलब्धि मानेका छन ।कामहरु प्रभावारी हुन नसकेकोमा कर्मचारीको अभाव र संघिय ऐनलाई मुख्यमन्त्रीले दोष दिनु भएको छ ।

    प्राप्त राजनैतिक उपलब्धिको रक्षा, सुदृढिकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका महत्वपूर्ण योजनाहरु जस्तै ‘बेटी पढाउ, बेटी बचाउ अभियान’, ‘शहिदको सम्मान’, ‘किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनको लागि अनुदान’, ‘६४ निर्वाचन क्षेत्रमा सडक कालोपत्रे’, ‘तीन वटा विश्वबिद्यालयको स्थापना’, ‘आधुनिक प्रदेश ल्याबको स्थापना लगायतका कार्यहरुको माध्यमबाट प्रदेशका जनताको सर्वोत्तम हित’, ‘समुन्नति र सुशासनको प्रत्याभूति गर्ने’ कार्यलाई मधेश प्रदेश सरकारले प्राथमिकतामा राखी कार्यसम्पादन गरिरहेको छ ।

    तर विपक्षी दलले जनताको चाहना अनुसार काज गर्न नसकेको आरोप लगाएका छन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता संजय चौधरीले अख्तियारलाई पनि अनुसन्धानमा प्रदेश सरकार बाधा गरिरहेको र पादर्शिताको निकै अभाव रहेको आरोप लगाएका छन । तर मुख्यमन्त्री राउतले जसलाई छानबीन गर्नुछ गर्नुस हामी स्वागत गर्छौ बताए ।

4565