• सरकारले बाराको निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य तत्काल सुरु गर्ने बताएको छ । मंगलबबार बिमानस्थलको निरिक्षणमा पुगेका मन्त्रीहरुले सो प्रतिबद्धता ब्यक्त गरेका हुन ।प्रस्ताबित बाराको निजगड अन्तराष्ट्रिय बिमानस्थलको नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेपाल, संस्केति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, बनमन्त्री रामसहाय प्रसाद यादब, श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ, बागमति प्रदेशका मुख्यमुन्त्री राजेन्द्र पाण्डेले मंगलबार निरिक्षण गरेका छन ।

    निरिक्षण्का क्रममा एकिकृत समाजबादीका अध्यक्ष नेपालले २०५२ साल मै आफुले बिमानस्थन निर्माणका लागि पहल गरेको भए पनि ठोस काम हुन नसकेको बताए । उनले बर्तमान सरकारले बिमानस्थन निमार्णको काम सूरु गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

    कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निर्माणमा उत्पन्न भएको बिबाद समाधान गरी तत्काल बिमानस्थलको शिलान्यास गरिने जानकारी दिए । उने टांगिया बस्तीको समस्या समेत समाधान गरिने बताए ।

    बनमन्त्री रामसहाय प्रसाद यादवले बस्ती ब्यबस्थापन र बनको बिबाद टुंग्याएर आवश्यक रुख कटान गरिने बताए । उनने अर्थ मन्त्रालयले बजेटको ब्यबस्था गरे बिमानस्थल निमार्ण काय सुरु गर्न समास्या नहुने बताए ।

    कार्यक्रममा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतले बिमानस्थलको निमार्ण कार्य सुरु गर्न सबैले पहल गर्नुपर्ने बताएका थिए । निजगढ विमानस्थलले महेन्द्र राजर्मागको पसाह खोलादेखि बकैया नदीसम्म ८० वर्ग किलोमिटर क्षेत्र ओगट्ने छ । विमानस्थललाई सरकारले राष्ट्रिय गौरवको योजनामा समेत राखेको छ । प्रस्तावित आयोजना स्थलभित्र बसोबास गर्ने टांगियाबस्तीका १ हजार ४ सय ७६ घरधुरी सुकुम्बासी परिवारको ब्यबस्थापन र बनक्षेमा कटान गरिने रुखका बिषयमा बिबाद हुदा आयोजना अलपत्र पर्दै आएको छ ।

4565