• हेटौंडा– प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । बिशेष सुचानाको आधारमा प्रहरीले हेटौंडा ४ मा सञ्चालिन चटामरी हाउसबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।

    प्रहरीले चटामरीबाट २० वोतल ‘ओमरेक्स’ नामक लागु औषध सहित चटामरीका सञ्चालक हेटौंडा २ का ४० बर्षिय नमोरत्न मानन्धर र हेटौंडा ८ कमानेका १८ बर्षिय अभिषेक मोक्तानलाई पक्राउ गरेको हो । चटामारीमा लुकाएर राखिएको १ सय एमएलको ओमरेक्स सहित २० ग्राम लागुऔषध गाँजा समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

4565