• नेपाली कांग्रेसले एमसीसी नेपालको हितमा भएको ठहर गरेको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले एमसीसी राष्ट्रिय हितमा भएकाले संसदबाट पारित गर्ने निर्णय पनि गरेको हो । बैठकपछि काँग्रेस नेता डा. शशांक कोईरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताए ।

    उनले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताए ।

    नेता डा. रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए । उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप समेत लगाए ।

    नेतृ सुजाता कोईरालाले एमसीसी पारित गर्न ढिलाई गर्न नहुने बताइन् । एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पारित गर्नुपर्ने उनले दाबी गरिन् ।

    प्रधानमन्त्री देउवाले यसअघि नै फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रतिवद्धता जनाइसकेका छन् । त्यसकालागि अब डेढ हप्तामात्रै बाँकी छ ।

4565