• संखुवासभाको मकालु गाउँपालिका १ बालुङ र आम्राङ ५को विचमा पर्ने अरुण नदिमाथिको पुल भाचिएको छ । पुल एक्कासी भाचिदा पुल तर्दै गरेका ३ वटा ट्रकहरु नदीमा खसेकाछन् । मकालु गाउपालिकामा निर्माणधिन इसुवा हाईड्रो पावरको निर्माणसानिर्माण सामाग्री बोकेका ३ वटा ट्रक एकै पटक पुल तर्दा पुल भाचिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    पुलको भारबहन क्षमता भन्दा बढी भएका ३ ट्रक एकैपटक पुलबाट हिड्दा दुर्घटना भएको संखुवासभाका प्रमुख प्रहरी नायव उपरिक्षक लालध्यज सुवेदीले बताए । उक्त घटनामा मानवीय क्षति नभएको पनी सुवेदीले बताए ।

4565