• नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसी संसदमा पेश गर्नका लागि सभामुखले रोक्न नपाउने बताएका छन् । एमालेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु गैरजिम्मेवारपूर्ण रहेको बताएका हुन् । पूर्व सभामुख कृष्णबहादुर महराले पनि एमसीसीलाई अनधिकृत रुपमा रोकेको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताए ।

    अध्यक्ष ओलीले एमसीसीका विषयमा मुलुकलाई गम्भीर भूराजनीतिक द्वन्द्वमा फसाइएको बताए । उनले सत्तारुढ गठबन्धनका नेताले एमसीसीको विषयमा गलत धारणा दिएकोप्रति आलोचना गरे । एमसीसीका अधिकारीसंग एउटा बाचा गर्ने र यता संसदमा पारित गर्न दिन्न भन्नु अत्यन्तै गैरजिम्मेवार र दुई जिब्रे प्रवृत्ति भएको बताए । उनले आगामी तीन वटै निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबीसमेत गरे ।

4565