• नेपाल विद्युत प्राधिकरणले उपत्यकामा तानिएको खुला तारलाई विछ्याउन थालेको धेरै भो । उपत्यकाको सौन्दर्यतासंगै चुहावटलाई रोक्ने उदेश्यले तार विछ्याउन ढिलाइ भइरहेको छ। ३० महिनाभित्र सम्पन्न गर्ने गरी आयोजना अघि बढाइएपनि अझै १५ महिना थप धकेलिने भएको छ।

    उपत्यकाको सौन्दर्यतासंगै विद्युत तारलाई व्यवस्थित गर्न भन्दै प्राधिकरणले २०७६ फाल्गुनदेखि भूमिगत तार विछ्याउन शुरु गरेको थियो । ३० महिनाभित्र प्राधिकरणले आयोजना सक्ने गरी काम थालेपनि त्यो लक्ष्य पूरा नहुने भएको छ। प्राधिकरणले काठमाडौं उपत्यकामा ८ सय किलोमिटर सडकमा तारलाई जमिनमुनि विछ्याउन सुरु गरिएको भएपनि त्यो थप १५ महिना धकेलिने भएको छ।

    भारतीय कम्पनी केइआई इण्डस्ट्रिजलाई दिइएको छ । प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा यो काम अगाडि बढाएको हो । प्राधिकरणले काठमाडौंका अन्य स्थानमा तार भूमिगत रुपमा विछ्याउन बोलपत्र आव्हान गरिसकेको छ भने ललितपुर र भक्तपुरका लागि पनि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।उपत्यकाभित्रका सामाखुसी, गंगबु, मनमैजु, टोखा बुडानिलकण्ठ लगायतका ठाउँमा भुमिगत तार निर्माण कार्य सम्पन्न भइसकेको छ । तर, उपत्यकाका अन्य ठाउँमा भने विछ्याउने कार्य सुस्त छ । निर्माण कार्यमा ढिलाई हुनुमा विविध कारण भएको भन्दै प्राधिकरणले टार्दै आएको छ।

    मुलतः सरकारी अड्डाहरुबीच समन्वयको चरम अभावसंगै स्थानीय अवरोधहरु प्राधिकरणका लागि तगारा बनेका छन् । प्राधिकरणले सम्बद्ध निकायसंगको समन्यवमा भूमिगत तार विछ्ेयाउने आयोजनालाई अघि नबढाउँदा विभिन्न अवरोधको सामना गर्न परेको हो ।

    तर, प्राधिकरणले आयोजनामा निर्माणमा गरिरहेको ढिलाइले सर्वसाधारणले सास्ती खेप्नु परेकोछ, उपत्यकामा हिलो र धुलोको समस्या थपिएको छ। उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउने प्राधिकरणको लक्ष्य जति सुन्दर छ, त्यत्ति नै आयोजना समयमै पूरा हुन नसक्दा सर्वसाधारणले हैरानी खेप्नु परेको छ। यसर्थ प्राधिकरणले सम्बद्ध निकायसंग समन्वय गरी अबिलम्ब पूरा गर्न कदापी ढिलाउनु हुदैन ।

4565