-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस कम्युनिष्टसंग लड्ने आधार सिद्धान्तमा मात्र रहेको बताएका छन् । काँग्रेसले जनतामाझँ नीति र सिद्धान्त र रणनीतिलाई ठिक रुपमा ब्यहारमा देखाएरमात्र सफल हुने उनले बताए । कम्युनिष्ट सरकार असफल भयो भन्दैमा जनताले काँग्रेसलाई जनताले भोट नदिने बताउदै आगामी दिनहरुमा जनतामाझँ लोकतन्त्र, समाजबाद र राष्ट्रियता जोगाउने प्रष्ट ऐजण्डा लिएमात्र अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति एवम् बरिष्ठ नेता डाक्टर भुपेन्द्रबहादुर खड्काको श्रद्धान्जली सभामा नेता पौडेलले काँग्रेस नयाँ सकारको लागि तयार हुनेपर्ने बताए । यसका लागि तत्काल माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउन पहल काँग्रेस नेतृत्वले गर्नुपर्ने जिकिर गर्दै नयाँ सरकारको नेतृत्व लिने अवसर घुमाउनु गलत हुने बताए । उनले लोकतन्त्रमाथि प्रहार गर्दै संविधान विकटन गर्ने प्रधानमन्त्री ओलीको सरकार टिकाउन काँग्रेस नलाग्ने बताए ।
सर्वोच्चको फैसलापछि देशमा नयाँ परिस्थिति आएकाले विकृत राजनीतिको अन्त्यका लागि पनि प्रधानमन्त्री ओलीको बर्हिगमन गर्न काँग्रेस छिटो अविश्वास प्रस्तावमा नेकपा केन्द्र र राजपासंग समन्वय गरेर अघि बढ्ने वातावरण काँग्रेसले बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । प्रधानमन्त्री ओलीलाई हटाउने अवसर एकचोटी सबैले गुमाएको बताउदै दोस्रो अवसरमा पनि हामी चुकौ भने लोकतन्त्रमाथि प्रहार भइराख्ने जिकिर गरे । प्रधानमन्त्री ओलीलाई फेरि टिकाइ राख्नु विकृत राजनीतिक श्रृंखला हुन्छ उनले भने । काँग्रेसले नीति तथा रणनीति जनतामाझँ प्रष्ट राख्न नसक्दा यसको फाईदा कम्युनिष्टले लिएको बताए ।
संविधान बचेमात्र चुनावको अर्थ हुने बताउदै सत्तामा जाने भन्दा ब्यवस्था बचाउन काँग्रेसले सधै गलत कदमको विरोध गर्ने प्रतिवद्धता जनाए। देशमा दुइ ठुला पाटी जनतामाझँ नीरन्तर असफल हुने आधार नेताहरुको आन्तरिक लडाईले भएको उनले भने । नेता नेताविच पदको लडाई गर्न भन्दा सिद्धान्तको लडाईमा मिलेर अघि बढ्न नेतालाई आग्रह गरेका थिए ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
-
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३

बिहिबार, बैशाख १७, २०८३