• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएका आरोप लगाएका छन । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्लालगायतलाई पार्टी प्रवेश गराउँदै दाहालले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रियालगत्तै भयानक हत्याकाण्डहरू मच्चाइएको आरोप समेत लगाए । तराईका बिभिन्न ठाउँमा हत्याकाण्ड मच्चाएर मधेसवादी पार्टीहरु जन्माइएको उनको दावी छ ।

    दाहालले आफूलाई मधेसका मसिहा भन्नेहरू एमाले अध्यक्ष केपी ओलीसँग साँठगाँठ गर्न पुगेको भन्दै अब मधेस माओवादीमय बन्ने दाबी समेत गरे ।

4565