-
नेपाली काँग्रेसका युवा नेता ज्ञानेन्द्र प्रकाश गजुरेलको फौजदारि मुद्दालाई पुनरावेदन अदालतले सफाई दिएको छ ।अधिवक्त्ता भोजराज अधिकारि र अधिवक्त्ता निलम पोडेल द्वयको संयुक्त इजलासले सुन्वाई गर्दै गजुरेललाई सफाई दिएकाहुन । झुटो मुद्दा लागई गजुरेललाई फसाउने षडयन्त्र गरेको प्रमाणित भएपछि उनले सफाई पाएकाहुन।
उत्त इजलासले समाजमा यस्ता किसिमको षडयन्त्रले समाजमा न्याय हराउने र समाजका सम्मानित नागरिकहरूले आफ्नो मान प्रतिष्ठा गुमाउनु पर्ने भएको हुदा झुटो मुद्दा दायरि गर्ने र मुद्दा दर्ता गर्ने किसिमका अपराधिक क्रियाकलाप गर्ने र गराउने दुबैलाई लाई कानुनले दिएको सजाय अनुसार कारबाही गर्नुपर्ने भन्दै नया नजिर ईस्थापना गरेको छ ।
उत्त घटनामा ठुलो षडयन्त्र गरेर युवा नेता ज्ञानेन्द्र प्रकाश गजुरेललाई फसाउन खोजिएको देखिन्छ, देश र जनता प्रति प्रतिबद्ध रहेर कार्य गर्ने प्रहरी सङ्गठन भित्र ठुलो प्रश्न समेत उठेको छ । घटना बारदात समेत योजना बनाई नाटकीय संरचना बनाई लामो समय देखि युवा नेता ज्ञानेन्द्र प्रकाश गजुरेलका बिषयमा बिभिन्न ब्यक्तिहरूबाट जानकारी लिई राखेको र लामो समय अगाडि देखि नै योजना बनाई , युवा नेता गजुरेल लाई १० बर्ष जेलभित्र हाल्नुपर्छ भनेर गरेको अडियो रेकर्डले समेत उनी र्निदोष रहेको प्रमाणित भएको छ उत्त प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानका क्रममा विस्तृत विवरण फोरेन्सीक ल्याब बाट प्रमाणित गरेको थियो।
युवा नेता ज्ञानेन्द्र प्रकाश गजुरेल नेपाली काँग्रेस नुवाकोटका अबल र सक्षम नेताकारुपमा चिनिन्छन् । उनि पुर्बअर्थ मन्त्रि डा रामशरण महत र युवा नेता रमेशकुमार महतका प्रिय र बिश्वासिलापात्र हुन भने पुर्बअर्थ मन्त्री एवं हाल अमेरिकाका राजदूत युवराज खतिवडा र उनका सुपुत्र तिलक खतिवडाका निक्कै नै नजिकका र पारिबारिक सम्बन्ध रहेका व्यत्ति हुन ।
अधिवक्त्ता भोजराज अधिकारि र अधिवक्त्ता निलम पोडेल द्वयको इजलासले घटना निकै खतरनाक षडयन्त्र सहित गरेको प्रमाणित भएको हुदा उत्त घटनामा जायरि दिने र झुटो बारदात मा सहयोग गर्ने सबैलाई कानुन बमोजिम सजाय गर्न युवा नेता ज्ञानेन्द्र प्रकाश गजुरेललाई निवेदन दिन समेत समेत सुझाव दिएकाछन् भने कानुन बमोजिम सजाय दिन सम्मानित अदालत तयार रहेको समेत जनाएको छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





