-
कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोन संक्रमणका बीच पनि रोजगारीका लागि विदेश जानेको संख्या बढेको छ । गत पुस महिना मात्र वैदेशिक रोजगारीमा जानका लागि ६६ हजारले श्रम स्वीकृति लिएका छन् ।
नेपालमा कोरोना संक्रमणको तेस्रो लहर फैलदा पनि वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या बढेको छ । विगतमा कोरोना महामारीका कारण निकै असर परेको वैदेशिक रोजगारीमा यसपटकको ओमिक्रोन संक्रमणमा भने खासै असर नपारेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
गत पुस महिनामा मात्र नयाँ श्रम स्वीकृती लिई करिब ३६ हजार नेपाली रोजगारीका लागि विदेशिएका छन् । यो संख्या गत आर्थिक वर्षको वैशाखदेखि पुससम्मको भन्दा बढी रहेको छ । गत आर्थिक वर्षको यही अवधिको छ महिनामा ३० हजार मात्र वैदेशिक रोजगारीका लागि विदेशी दिए । तर चालू आर्थिक वर्षको वैशाखदेखि पुससम्मको ६ महिनामा रोजगारीका लागि तीन लाख १० विदेशिएका छन् ।
नेपालमा विदेशमा कामदार पठाउनका लागि ८६० वटा वैदेशिक रोजगार कम्पनी दर्ता भएका छन् । यी कम्पनीहरुले श्रम स्वीकृति लिएरै विदेश पठाएका श्रमिकहरुबाट पनि विभिन्न गुनासोहरु आउने गरेका छन् । दैनिकजसो १० वटा कम्पनीबाट पठाएका श्रमिकहरुको गुनासो आउने गरेको विभागले जनाएको छ । विना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको सँख्या पनि निकै रहेको छ । वैदेशिक रोजगारमा जानेको संख्या बढे पनि भनेअनुसार काम नपाउने समस्याले श्रमिकहरु मारमा परेका छन् ।
News Desk 0 response शुक्रबार, माघ २१, २०७८
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





