• सरकारले जेष्ट चार गने स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसंगै केन्द्रीय सुरक्षा समितिले पनि आवश्यक तयारीलाई तीव्रता दिएको छ । गृहमन्त्रीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको हो ।

    आगामी निर्वाचन हुनसक्ने सुरक्षा चूनौतीका बिषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने बिषयमा पनि छलफल भएको उनले बताए । त्यस्तै देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि समिक्षा गरिएको पोखरेलले जानकारी दिए ।

4565