• राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन समयमा गर्न भन्दै सरकारलाई दबाब दिएको खुलाशा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे लिखित पत्र दिएरै राष्ट्रपति भण्डारीले निर्वाचन नसार्नका लागि दबाब दिएको खुलेको हो । बिहीबार शीतल निवास पुगेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनबारे लिखित रुपमै धारणा राखेको र त्यही पत्र प्रधानमन्त्रीलाई दिएकी हुन् ।

    उक्त पत्रमा निर्वाचन सार्न ऐन संशोधनको तयारी हुनु चिन्ताजनक भन्दै यसले निर्वाचनबारे अनिश्चय बढाएको उल्लेख गरिएको छ । त्यस्तै पत्रमा धेरै कानुन व्यवसायी, विचार निर्माता, जनसाधारण तथा निर्वाचित जनप्रतिनिधि समेतको विचार समयमा नै निर्वाचन गराउनुपर्छ भन्ने देखिएको उल्लेख छ । यस्ता विचारहरू निरन्तर विभिन्न संचार माध्यममा दैनिकजसो प्रकाशित भैरहेकै छ भन्दै पत्रमा चुनाव सार्नुपर्छ भन्ने आवाज सार्वजनिक वृत्तमा असाध्यै कम भएको उल्लेख छ ।

    भण्डारीले चुनाव नसार्न लिखित रुपमा नै आग्रह गरेपछि सत्तारुढ गठबन्धनमा यसको विरोध भएको छ । शनिबार गठबन्धनको बैठकमा नेताहरुले राष्ट्रपतिले प्रधानमन्त्रीलाई चुनाव नसार्न लिखित आग्रह नै गर्नु अधिकारक्षेत्रको उल्लंघन भएकोसमेत टिप्पणी गरेका थिए ।

4565