• सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सरकारलाई सुझाव दिएको छ । शनिवार बसेको सत्ता गठबन्धनको दोस्रोे बैठकमा जेठ महिनामा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको हो । बैठकले संविधानसँग बाझिएका कानुन संशोधनका लागि तयारी थाल्न पनि सुझाव दिएको छ ।

    सत्ता गठबन्धनले दिएको सुझावका आधारमा सरकारले स्थानीय तहको मिति तोक्न निर्वाचन आयोगसँग परामर्श गर्ने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

    सरकारले स्थानीय तहको निर्वाचन सार्ने तयारी गरिरहेको आरोप लागेका बेला सत्तागठबन्धनले जेठ महिनाभित्र निर्वाचन गर्ने निर्णय गरेका हुन् ।

4565