-
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।
बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको कार्यसम्पादन समिति गठन सम्बन्धी प्रस्ताव पारित भएको हो । समितिमा कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिमका पदेन सदस्यका साथै धारा २३ (२) बमोजिम केहि केन्द्रीय सदस्यहरुलाई समावेश गराइएको महामन्त्री थापाले जानकारी दिए । उनले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक अर्को हप्ता बस्ने र राष्ट्रिय राजनीतिका साथै नियमित सांगठानिक बिषयमा छलफल हुने बताए ।
त्यस्तै भातृसंगठनका बिषयमा पनि कार्यसम्पादन समितिले आवश्यक निर्णय गर्ने उनको भनाई छ । केन्द्रीय समितिको भर्चुअल बैठकमा केहि सदस्यहरुले स्थानीय निर्वाचनका बिषयमा पनि धारणा राखेका थिए । महामन्त्री थापाले संविधान बिपरित स्थानीय निर्वाचनका सन्दर्भमा आएका बिषयलाई कांग्रेसले अंगिकार गर्न नहुने आफ्नो धारणा रहेको बताए ।
सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्यमध्येबाट पूर्वपदाधिकारीहरुसहित वरिष्ठताका आधारमा २४ जनालाई कार्यसम्पादन समितिमा समेट्नुभएको छ । विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुन्छ । जसमध्ये कोषाध्यक्ष र प्रवक्ता स्वतः सदस्य रहने उल्लेख छ । अब सभापति देउवाले समितिमा ७ जना केन्द्रीय सदस्यहरुलाई मनोनित गर्न पाउने व्यवस्था पनि छ ।
News Desk 0 response शुक्रबार, माघ १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





